Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सत्ता गठबन्धनको बैठक बस्दै, बागीलाई कारवाही गर्ने तयारी

    सत्ता गठबन्धनको बैठक बस्दै, बागीलाई कारवाही गर्ने तयारी

    अनलाइन नेपाल
  • सोमबार, ३१ असोज २०७९
  • 834
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ । बागी उम्मेदवारबारे छलफल गर्न गठबन्धनको बैठक सोमबार दिउँसो बस्न लागेको हो ।

    आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरुलाई सत्ता गठबन्धनमा रहेका पार्टीहरुले छानविन गरी कारवाही गर्ने भएका छन् ।



    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको छ ।



    बैठकमा प्रतिनिधि र प्रदेश सभामा गठबन्धन भएका क्षेत्रमा गठबन्धन दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता गर्न

    निर्देशन दिएपनि कतिपयले फिर्ता नलिएकाले उनीहरुलाई कस्तो कारवाही गर्ने भन्नेबारे छलफल हुनेछ । त्यस्तै गठबन्धनका शीर्ष नेताले सोमबार नै संयुक्त अपिल जारी गर्ने भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार