एजेन्सी । बङ्गलादेशमा दुई जना रोहिंग्या समुदायका नेताको हत्या भएको छ ।
म्यामारबाट विस्थापित भई बंगलादेशको शरणार्थी शिविरमा रहेको एक समूहले उनीहरूको हत्या गरेको हो ।
करिब १० लाख शरणार्थी बसोबास गर्ने शिविरमा सुरक्षा व्यवस्था फितलो भएका कारण उक्त हत्याकाण्ड भएको जनाइएको छ ।
सोही शिविरको क्याम्प १३ का प्रमुख मौलवी मोहम्मद युनुसक र मोहम्मद अनवरको हत्या भएको हो ।
युनुसको घटनास्थलमै र अमवारको अस्पतालमा मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
Leave a Reply