Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • नवौं राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङ खेलाडी निसिम थापाको मृत्यु

    नवौं राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङ खेलाडी निसिम थापाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 810
    SHARES

    फाइल तस्विर

    पोखरा । नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलका क्रममा मृत्यु भएको छ ।

    मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापा रहेका छन् ।



    पोखरा–१० अस्पताल चोक बस्ने उनी सराङकोटमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा प्याराग्लाइडिङ अनियन्त्रित भएपछि उडेको करिब ५ मिनेटमै खसेका थिए ।



    ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अवस्थामा उनी अन्दाजी १०० मिटर माथिबाट खसेका हुन् ।

    ग्लाइडर दुर्घटनामा परेपछि उनलाई सराङकोटबाट तत्काल उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । चिकित्सकले उपचारको क्रममा १२ बजेर ४५ मिनेटमा उनलाई मृत घोषित गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार