एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २०औं राष्ट्रिय महाधिवेशन चीनको राजधानी बेइजिङमा सुरू भएको छ ।
आगामी पाँच वर्षका लागि पार्टीको नेतृत्व र राजनीतिक कार्यदिशा पारित गर्ने सीपीसीको महाधिवेशन बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा सुरु भएको हो ।
महाधिवेशनको महासचिव सी जिनपिङले महाधिवेशनको उदघाटन गरेका हुन् । विश्वको उयदीमान शक्ति राष्ट्र चीनमा सरकारभन्दा माथि हुने कम्युनिस्ट पार्टी र त्यसको नेतृत्व सबभन्दा शक्तिशाली मानिन्छ ।
त्यसलाई निर्वाचित गर्नका लागि गरिने महाधिवेशन सीपीसीको सर्वोच्च अंगका रूपमा विधानमा व्यवस्था गरिएको छ । सीपीसीले यो महाधिवेशनबाट पार्टी महासचिव सी जिनपिङबाहेक अन्य नेतृत्वलाई परिवर्तन गर्ने छ ।
आइतबार बिहान १० बजेबाट सुरू महाधिवेशनलाई महासचिव सीले सम्बोधन गरेका छन् । उनले गएका पाँच वर्षमा प्राप्त उपलब्धि र आउने पाँच वर्षको कार्यदिशाबारे पार्टी प्रतिनिधि समक्ष व्याख्या गरेका छन् ।
करिब २३०० पार्टी प्रतिनिधि सहभागी यस महाधिवेशनले ३७० जनाको केन्द्रीय समिति चयन गर्नेछ । जसमा २५ जना पोलिटब्यूरो सदस्य र त्यसमध्य ७ जना पोलिटब्यूरो स्थायी समिति सदस्य चुनिने छन् ।
Leave a Reply