Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा एपीएफको लगातार चौथो जित, सुदूरपश्चिम बाहिरियो

    नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा एपीएफको लगातार चौथो जित, सुदूरपश्चिम बाहिरियो

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 702
    SHARES

    पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटमा नेपाल सशस्त्र बल (एपीएफ) क्लबले लगातार चौथो जित निकालेको छ।

    पोखरा रंगशालामा आइतबार एपीएफले आफ्नो चौथो खेलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गरेको हो। यसअघिका तीन वटै खेल जितेको एपीएफ सेमिफाइनल पुगिसकेको छ भने हारसँगै सुदूरपश्चिम भने प्रतियोगिताबाट बाहिरिएको छ ।



    जितका लागि पाएको ९३ रनको लक्ष्य एपीएफले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । एपीएफका लागि तेस्रो क्रमकी ब्याटर इन्दु बर्माले सर्वाधिक ४५ रन बनाइन् ।



    ओपनर ज्योति पाण्डे १६ बलमा ११ रन बनाउँदै बोल्ड भइन् । अर्की ओपनर सीता राना मगर ४ रनमै क्याच आउट भएपछि तेस्रो क्रमकी ब्याटर इन्दु बर्माले एपीएफलाई उकासेकी हुन् ।

    ममता चौधरी ७ र मञ्जु बोगटी २ रनमा भभेलियन फर्किए । रोमा थापा ११ र नेरी थापा ४ रनमा अविजित रहे । सुदुरपश्चिमका लागि मनिष चौधरी, अनु खडायत, डली भट्ट र स्नेहा महराले समान १ विकेट लिए ।

    पोखरा रंगशालामा टस जितेर ब्याटिङ्ग गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ९२ रन बनाएको थियो । सुदूरको लागि ऋतुले ४६ बलमा २ चौकासहित सर्वाधिक ३५ रनमा अविजित रहिन् । ओपनर विन्दु रावल १८ बल खेल्दै ८ रनमा बोल्ड भइन् । दोस्रो विकेटका लागि रवि पोदार र ऋतुले २९ रनको साझेदारी गरेका थिए ।

    मध्य गतिकी बलर सुष्मा श्रेष्ठको बलमा बोल्ड हुनुअघि पोदारले ३५ बलमा ३ चौकासहित २३ रन बनाइन् । स्नेहा महरा २० बलमा १ चौकासहित १८ रनमा इन्दु बर्माको बलमा बोल्ड भइन् । तेस्रो विकेटका लागि महरा र ऋतुले सर्वाधिक ४१ रनको साझेदारी गरेका हुन् । एपीएफको लागि नेरी थापा, इन्दु बर्मा र सुष्मा श्रेष्ठले समान एक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार