Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • भारतका रक्षा सचिवलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालय सुनसान

    भारतका रक्षा सचिवलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालय सुनसान

    अनलाइन नेपाल
  • बिहिबार, २२ जेष्ठ २०७७
  • 1.8K
    SHARES

    एजेन्सी । भारतका रक्षा सचिव अजयकुमारलाई कोरोना भाइरसको संक्रमण पुष्टि त्यहाँकाे रक्षा मन्त्रालय सुनसान देखिएको छ ।अजय कुमारलाई मंगलबार संक्रमण पुष्टि भएकाे भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले जनाएकाे छ।

    नवभारत टाइम्सका अनुुसार उनको सम्पर्कमा आएकाको वृहत कन्ट्याक्ट ट्रेसिङ गरिँदैछ र साउथ ब्लकस्थित कार्यालय डिसइन्फेक्सन गर्ने काम भइरहेको छ । अजय कुमारलाई संक्रमण पुष्टि भएपछि रक्षा मन्त्री राजनाथ सिंहलगायत अन्य अधिकारीहरू बुधबार कार्यालयमा उपस्थित भएनन् ।



    पछिल्ला केही दिनमा रक्षा सचिवसँग झन्डै ३० जना मानिस सम्पर्कमा आएको पनि नवभारत टाइम्सले जनाएकाे छ । अजय कुमार कोरोना संक्रमण हुने उच्च ओहोदाका पहिलो भारतीय कर्मचारी हुन्।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार