Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • सत्यमोहनको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमायो : राष्ट्रपति भण्डारी

    सत्यमोहनको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमायो : राष्ट्रपति भण्डारी

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 846
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताएकी छन् ।

    आज ट्वीट गर्दै राष्ट्रपति भण्डारीले जोशीको निधनबाट मुलुकले एक अथक् स्रष्टा एवं अभिभावक गुमाएकोसमेत बताएकी छिन् । उनले संस्कृतिविद् जोशीको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।



    “वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ,” राष्ट्रपति भण्डारीले भनिन्,’उहाँको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत हो । अमर सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली !’



    संस्कृतिविद् जोशीको उपचारका क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार