Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • डडेल्धुरामा सत्ता गठबन्धनबाट एकीकृत समाजवादी बाहिरियो, कांग्रेस बीपीसँग तालमेल

    डडेल्धुरामा सत्ता गठबन्धनबाट एकीकृत समाजवादी बाहिरियो, कांग्रेस बीपीसँग तालमेल

    अनलाइन नेपाल
  • शनिबार, २९ असोज २०७९
  • 1.1K
    SHARES

    डडेल्धुरा । नेकपा एमालेले चुनावी तालमेल भंग गरेपछि नेपाली कांग्रेस (बिपी) ले नेकपा एकीकृत समाजवादीसँग तालमेल गर्ने भएको छ ।

    शनिबार दुबै पार्टीबीच मंसिर ४ गते हुने निर्वाचनमा तालमेल गरेर जाने सहमती भएको हो । प्रतिनिधिसभामा कांग्रेस (बिपी)का कर्णबहादुर मल्ललाई नेकपा एकीकृतले सघाउनेछ भने उसले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेता डा.तारा जोशीलाई सहयोग गर्नेछन् ।



    जोशीले पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएपनि तालमेल गर्ने सहमतीमा उनीसहित नेकपाका जिल्ला अध्यक्ष कबिन्द्र विष्टले समेत हस्ताक्षर गरेका छन् । कांग्रेस बिपी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष विष्टबीच ६ बुँदे सहमती भएको छ ।



    शुक्रबार मात्र नेकपा एमालेले समझदारी विपरीत कांग्रेस बिपीले स्वतन्त्र उम्मेदवारलाई सघाउने भन्दै तालमेल ताडेको घोषणा गरेको थियो । त्यसको भोलिपल्टै उनीहरुबीच सहमती भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार