Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • नवौं राष्ट्रिय खेलकुद : ह्याण्डबलमा गण्डकी र सेनालाई स्वर्ण

    नवौं राष्ट्रिय खेलकुद : ह्याण्डबलमा गण्डकी र सेनालाई स्वर्ण

    अनलाइन नेपाल
  • शनिबार, २९ असोज २०७९
  • 1.1K
    SHARES

    पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्याण्डबलमा पुरुषतर्फ आयोजक गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेका छन् ।

    गण्डकी प्रदेशको राजधानी सहर पोखरामा यही असोज २४ गतेदेखि जारी ह्याण्डबलको प्रतिस्पर्धाको आज सम्पन्न फाइनलमा गण्डकीले स्वर्ण जितेको हो । जारी नवौं राष्ट्रिय खेलकुदमा गण्डकीको यो पहिलो स्वर्ण हो ।



    पुरुषतर्फको फाइनल खेलमा गण्डकीले विभागीय आर्मीमाथि ४३–३६ गोल अन्तरको निकाल्न सफल भयो । प्रतियोगितामा उपविजेता बनेको सेनाले रजत पदक पायो ।



    फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका पुरुषतर्फ गण्डकीका गोलरक्षक विशाल नेपाली र महिलातर्फ सेनाका देवु सापकोटालाई गण्डकी प्रदेशका निवर्तमान सदस्य सचिव तेज गुरुङ र भारतीय ओलम्पिक कमिटीका कोषाध्यक्ष आनन्देश्वर पाण्डेले जनही रु १०र१० हजार प्रदान गरे ।

    प्रतियोगितामा विभागीय सशस्त्र प्रहरीको एपिएफले कास्यपदक जितेको छ । एपिएफले तृतीय स्थानका लागि भएको खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको हो ।

    यसैगरी महिला ह्याण्डबलमा विभागीय सेनाले स्वर्ण पदक जितेको छ । सेनाले अर्को विभागीय टोली एपिएफलाई १७–१६ गोलले हराउँदै स्वर्ण जित्न सफल भयो ।

    प्रतियोगितामा एपिएफले रजतपदक जित्दा गण्डकी प्रदेशले कास्यपदक जितेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकीका आठ जिल्लामा ३६ खेल सञ्चालन भइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार