काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता, २०७९ लाई कडाइका साथ पालना गर्न गराउन निर्देशन दिएका छन्।
पोखरामा शनिबार आयोजित जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन् । उनले आचारसंहिताको उल्लंघन गरेको देखिएमा तत्काल आयोगमा लिखित वा मौखिक जानकारी दिन आग्रह गरे ।
उनले आयोगले तोकेका अनुगमन अधिकृतलाई आचारसंहिताको उल्लंघन गर्ने उम्मेदवारलाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्न निर्देशन दिए।
उम्मेदवारबाट चित्त बुझ्दो जवाफ पेस नभएमा उम्मेदवारी रद्द गर्नेसमेतको अधिकार निर्वाचन आयोगलाई भएकाले त्यससम्बन्धी विवरण स्पष्ट खुलाई आयोगमा लेखिपठाउन उनले निर्देशन दिए।
प्रमुख आयुक्त थपलियाका अनुसार निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरेर आयोगले निर्वाचन आचारसंहिता २०७९ निर्माण गरेको हो।
Leave a Reply