Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कांग्रेससँग गरिएको गठबन्धन नै ‘नेचुरल’ हो : प्रचण्ड

    कांग्रेससँग गरिएको गठबन्धन नै ‘नेचुरल’ हो : प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, २९ असोज २०७९
  • 606
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँग गरिएको गठबन्धनलाई सहजै स्वीकार गर्नु पर्ने बताएका छन् ।

    गठबन्धन दलका अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘१० वर्षे जनयुद्ध अन्त्य गरी मुलुकलाई शान्ति प्रक्रियामा लैजान अरू राजनीतिक दलले पनि सहयोग गरेका हुन्,



    तर मुख्य भूमिका कांग्रेस, माओवादीकै हो। अहिले यी दुई पार्टीका बीच गठबन्धन भएको छ। यो नै नेचुरल गठबन्धन हो।’



    प्रचण्डले १२ बुँदे समझदारी र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलबीच गरिएको गठबन्धन नै वास्तविक गठबन्धन भएको बताए ।

    केही समयअघि नेकपा एमालेसित गरिएको गठबन्धन जालझेल, तिकडम र अनेक षड्यन्त्रका कारण तोड्न बाध्य भएको भन्दै उनले त्यस घटनाबाट आफूले मुलुकलाई प्रतिगमनबाट जोगाउने पाठ सिकेको बताए।

    गठबन्धनलाई स्वीकार गर्न असहज ठान्नुले संविधानसभाको महत्त्व र संघीय लोकतान्त्रिक गणतन्त्रको आत्मसाथ गर्न नसकेको प्रमाणित हुने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार