Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • पसल खुल्न थालेपछि उपत्यकाका तीनवटै प्रशासनको आकस्मिक बैठक

    पसल खुल्न थालेपछि उपत्यकाका तीनवटै प्रशासनको आकस्मिक बैठक

    अनलाइन नेपाल
  • बिहिबार, २२ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । व्यवसायीले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि उपत्यकाका तीनवटै प्रशासनको आकस्मिक बैठक बस्रकाे छ। उपत्यका अधिकांश पसल खुल्न थालेपछि परिस्थिति नियन्त्रणमा लिन तिनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त रुपमा आकस्मिक बैठक बसेको हाे ।

    काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन, सुरक्षा निकाय तथा स्थानीय निकायका पदाधिकारीलगायतको उपस्थितिमा बसेको आकस्मिक बैठकमा लकडाउन व्यवस्थित बनाउने विषयमा छलफल भइरहेको छ ।



    काठमाडौंका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) जनकराज दाहालले तीनवटै जिल्ला प्रशासन तथाअन्तर्गतका सुरक्षा निकायको संयुक्त बैठकले लकडाउन कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भइरहेको बताए ।



    लकडाउनले जनजीवन कठिन बनाएको भन्दै बिहीबारदेखि मुलुकका विभिन्‍न ठाउँहरुमा पसलहरु खुल्न थालेका छन् । बिहीबार काठमाडौंको न्युरोडमा रहेका केही पसलहरु पनि खुलेका छन्। उद्योगी/व्यवसायीहरुले पसल खाेल्दै लकडाउन नमन्ने भन्दै सरकारलाइ चेतावनी समेत दिइसकेका छन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार