Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • प्रधानमन्त्री देउवाविरुद्ध उम्मेदवारी दिएका सागरलाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

    प्रधानमन्त्री देउवाविरुद्ध उम्मेदवारी दिएका सागरलाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

    अनलाइन नेपाल
  • शनिबार, २९ असोज २०७९
  • 831
    SHARES

    काठमाडौं । रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वतन्त्र रुपमा निर्वाचनमा प्रतिष्पर्धा गरिरहेका स्वतन्त्र उम्मेदवार सागर ढकाललाई समर्थन गर्ने भएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै डडेल्धुरामा सिरिन्ज (सुई) निर्वाचन चिन्ह लिएका सागर ढकाललाई निशर्त समर्थन प्रतिवद्धता जनाएको हो ।



    राजनीतिलाई आजीवन पेसा बनाएकाहरु, पटक पटक परीक्षण भइसकेकाहरुको बदलामा नयाँ र योग्यलाई राजनीतिमा प्रवेश गराउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सँधै सकारात्मक रहेको भन्दै डडेलधुरामा सुई निर्वाचन चिह्न लिएर चुनावी प्रतिष्पर्धामा रहेका ढकाललाई समर्थन गर्ने निर्णय गरिएको पार्टीको आधिकारिक पेजमा उल्लेख गरिएको छ ।



    पार्टीको आधिकारिक फेसबुक पेजमा लेखिएको छ, ‘राजनीतिक सिन्डिकेट तोड्ने अभियानमा सागर ढकालहरुको राजनीतिमा प्रवेश र हिम्मत मात्रैले पनि विशेष अर्थ दिनेछ ।

    यस्तोमा बहालवाला प्रधानमन्त्रीका विरुद्धमा निर्वाचनमा होमिनु भएका सागर ढकालको कदमको प्रशंसा गर्दै डडेल्धुरामा सिरिन्ज (सुई) निर्वाचन चिह्न लिएका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले निःशर्त समर्थन गर्दछ ।’

    साथै चितवन, काठमाडौं ४ लगायतका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले तालमेल वा गठबन्धन गरेर उम्मेदवारी फिर्ता गरेको भन्ने बारेमा आएका समाचारहरुको खण्डन गरेको छ । पार्टीले कुनै पनि निर्वाचन क्षेत्रमा कुनै किसिमको तालमेल नगरेको र नगर्ने जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार