Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • नवौं राष्ट्रिय खेलकुद : सय मिटर दौडमा निशाको नयाँ राष्ट्रिय कीर्तिमान

    नवौं राष्ट्रिय खेलकुद : सय मिटर दौडमा निशाको नयाँ राष्ट्रिय कीर्तिमान

    अनलाइन नेपाल
  • शनिबार, २९ असोज २०७९
  • 777
    SHARES

    पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

    पोखरा रंगशालाको ट्र्याकमा जारी दौडको १०० मिटर हिटमा निशाले यसअघिको १२.१९ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी हुन् ।



    उनले शुक्रबार सुरु भएको पहिलो विधाको हिटमा निर्धारित दूरी १२.१५ सेकेन्डमा पूरा गरिन् । देविमाया पनेरुले सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुदमा त्यो कीर्तिमान बनाएकी थिइन् ।



    एथ्लेटिक्समा पहिलो दिन १०० मिटर महिला–पुरुष हिट, १० हजार मिटर महिला फाइनल, १५०० मिटर महिला–पुरुष फाइनल, ४०० मिटर महिला पुरुष हिट, सटफुट महिला–पुरुषको हिट र फाइनल हुने तालिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार