Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • उपत्यकामै मुख थुनेर किशाेरीमाथि बलात्कारकाे प्रयास

    उपत्यकामै मुख थुनेर किशाेरीमाथि बलात्कारकाे प्रयास

    अनलाइन नेपाल
  • बिहिबार, २२ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    फाइल तस्विर

    भक्तपुर । भक्तपुर नगरपालिका–२ व्यासीस्थित आफ्नै कोठामा बसिरहेकी एक बालिकालाई बलात्कार गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका–४ स्थायी घर भइ भक्तपुर नपा वडा नं २ व्यासी बस्ने ३१ वर्षीय मोहन तामाङ रहेका छन् ।

    फूपूफूपाजुसँग बस्दै आएकी १३ वर्षीयालाई फूपूफूपाजु गलैचा कारखानामा काममा गएको मौका पारी कोठामै गएर बालिकाको मुख थुनेर बलात्कारको प्रयास गरिरहेको अवस्थामा फूपाजु पुगेपछि तामाङ फरार भएका थिए ।



    घटनाको खबर आएलगत्तै व्यासीमै रहेको प्रहरी टोलीले फरार तामाङलाई पक्राउ गरी भक्तपुर जिल्ला अदालतबाट १० को म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार