Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

    १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

    अनलाइन नेपाल
  • बिहिबार, २२ जेष्ठ २०७७
  • 1.9K
    SHARES

    सिरहा । एक १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा सिरहा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा सिरहाको नरहा गाउँपालिका–४ निवासी २५ वर्षीय रामबाबु भन्ने चन्देश्वर यादव, औरही गाउँपालिका–२ निवासी २० वर्षीय अम्बर यादव र २३ वर्षीय जगरनाथ यादव र सुखीपुर नगरपालिका–६ निवासी १९ वर्षीय गोलु महतोलाई पक्राउ गरेको हो ।



    गोलबजार नगरपालिका–३ गागन खोला छेउमा आफूमाथि जबर्जस्ती करणी गरेर फरार भएको पीडितको उजुरीका आधारमा ती चारै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।



    पक्राउ परेका चारै युवक र पीडितको स्वास्थ्य परीक्षण गराइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार