Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक

    शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असोज २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीको अवस्था चिन्ताजनक बन्दै गएको छ। जोशी उपचाररत किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै उनको अवस्थाबारे जानकारी गराएका हो।

    विज्ञप्तिमा भनिएको छ, ‘समग्रमा जोशीज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकोले अवस्था चिन्ताजनक रहेको छ ।’



    १०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।



    पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि अहिले सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ । अस्पतालका स्रोत अनुसार विगत २० दिनदेखि उपचाररत जोशीको स्वास्थ्य अवस्था जटिल छ ।

    जोशीलाई बिहीबार धेरै नै अक्सिजन दिनुपरेको भएपनि शुक्रबार त्यसमा केही सुधार देखिएको छ । यसका साथै मुटुको चालमा पनि समस्या रहेको छ ।

    उनलाई पुरानो रोगले ग्रसित पारेकाले जतिसुकै औषधि चलाए पनि शरीरले राम्रोसँग लिन नसकेको र आजदेखि आल्बुमिन रिप्लेस्मेन्ट गर्नका लागि औषधि चलाइएको विज्ञप्तिमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार