एजेन्सी । रुसले युक्रेनको दक्षिणी क्षेत्र खर्सोनका स्थानीयबासीलाई अन्यत्र सार्ने भएको छ ।
गत साता रुसले आफूमा गाभेको घोषणा गरेको खर्सोन फिर्ता लिन युक्रेनी सेनाअघि बढेपछि खर्सोनस्थित रुस समर्थित अधिकारीहरूले स्थानीयलाई अन्यत्र जान सुझाव दिएका हुन् ।
रुसले पनि मानिसहरूको हताहती हुन नदिन उक्त क्षेत्र खाली गराउने बताएको छ । रुसी उपप्रधानमन्त्री मरात खुस्नुलिनले एक टेलिभिजनबाट सन्देश दिँदै खर्सोनका बासीन्दालाई आफ्नो सुरक्षाका लागि तयार रहन र रुस वा अन्यत्र जान समेत अनुरोध गरेका छन् ।
रुसी उपप्रधानमन्त्रीले खर्सोन क्षेत्र छाड्ने मानिसहरुलाई रुसमा निःशुल्क बसोबास तथा खानाको ब्यवस्था गर्ने समेत बताए ।
Leave a Reply