Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • गठबन्धनले सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने

    गठबन्धनले सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, २७ असोज २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । मंसिर ४ गते हुने आम निर्वाचनमा सत्ता गठबन्धनले संयुक्त रुपमा चुनावी अभियान सञ्चालन गर्ने भएको छ ।

    बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सात वटै प्रदेशमा गठबन्धन दलका संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो ।



    जसअनुसार कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा र लुम्बिनी प्रदेशको बुटवलमा भेला हुने छ । त्यस्तै ५ गते विराटनगर र जनकपुरमा ६ गते धनगढी र सुर्खेतमा र ७ गते काठमाडौंमा भेला हुने छ।



    भेलामा गठबन्धनमा रहेका दलका केन्द्रीय समिति सदस्य, प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित ३/३ जना सहभागी गराउने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ ।

    त्यस्तै जुन पार्टीले व्यवस्थापन गर्ने हो उसले भेलाको आयोजना गर्नेछ । भेलामा प्रमुख नेताहरु वक्ताहरू हुनेछन् । बैठकले केन्द्रीयस्तरबाट निर्वाचन परिचालन गर्न रामचन्द्र पौडेलको नेतृत्वमा समन्वय समिति गठन गर्ने र प्रदेश तथा जिल्लाहरुमा पनि गठबन्धन दलको समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार