Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • उम्मेदवारी खारेजीविरुद्ध राजु गुरुङले दिए सर्वोच्चमा रिट, शुक्रबार तोकियो पेशी

    उम्मेदवारी खारेजीविरुद्ध राजु गुरुङले दिए सर्वोच्चमा रिट, शुक्रबार तोकियो पेशी

    अनलाइन नेपाल
  • बिहिबार, २७ असोज २०७९
  • 2.7K
    SHARES

    काठमाडौं । रुपन्देही-२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

    गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका गुरुङले बिहीबार उम्मेदवारी खारेजीको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।



    पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता गुरुङको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत उदवीर नेपालीले खारेज गरिदिएका थिए ।



    निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसूर मुद्दामा कालोसूचीमा रहेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

    आफूविरुद्ध निर्वाचनको अधिकृतको कार्यालयमा कुनै उजुरी वा दावी बिरोध नपरेको र कर्जा सूचना केन्द्रको कालोसूचीमा आफू नभई आफू सेयर सदस्य रहेको कम्पनी मात्रै परेको भन्दै आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग लिएर उनी सर्वोच्च पुगेका हुन् ।

    उक्त रिटमाथि शुक्रबारका लागि पेशी तोकिएको छ । रिटमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार