काठमाडौं । बैंकिङ कसुरमा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
भारतको हरियाणा घर भइ हाल काठमाडौं महानगरपालिका-१२ भोटेबहाल बस्ने २२ वर्षीय शशि शर्मालाई सतुंगलबाट पक्राउ गरेको हो ।
शर्माले २५ लाख रुपैयाँ बैंकिङ कसुर गरेको आधारमा पाटन उच्च अदालतले गत भदौ ७ गते पक्राउ अनुमति दिएको थियो।
तर, उनी फरार भएका थिए। शर्मालाई बिहिबार पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
Leave a Reply