Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अक्सिजन लेभल घटेपछि शताब्दी पुरुष जोशीलाई आइसियुमा सारियो

    अक्सिजन लेभल घटेपछि शताब्दी पुरुष जोशीलाई आइसियुमा सारियो

    अनलाइन नेपाल
  • बिहिबार, २७ असोज २०७९
  • 840
    SHARES

    काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा थप समस्या देखिएको छ। अक्सिजन लेभल घटेपछि जोशीलाई आइसियुमा सारिएको हो ।

    साथै निमोनिया संक्रमणका साथै मुटुको चालमा समस्या आएपछि एन्टीबायोटिक्स् दिइराखेको किष्ट अस्पतालले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।



    स्वास्थ्य अवस्था केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिन सारिएको थियो । आज फेरि स्वास्थ्यमा गडबड भएर क्याबिनबाट आईसीयूमा सारिएको हो ।



    अहिले जोशीलाई प्रतिमिनेट ३० लिटर हाइफ्लो अक्सिजन दिनुपरेको छ । डेंगु संक्रमण भएपछि किष्ट मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका शताब्दी पुरूष जोशीको यसपटकको अस्पताल बसाइ तीन हप्ता पुगिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार