काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार दिउँसो २ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दिएका तथा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध विभिन्न जिल्लामा बागी उम्मेदवारी दिएका नेताहरूको विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा चुनावी घोषणापत्रका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस स्रोतले जनाएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको सहभागी हुनेछन् ।
बैठकमा आगामी निर्वाचनको रणनीति र समसामयिक राजनीतिको विषयमा छलफल हुनेछ। आगामी निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन्।
Leave a Reply