Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • रूकुममा वडाध्यक्षसहित तीन जना पक्राउ, मुद्दा दर्ता गरिँदै

    रूकुममा वडाध्यक्षसहित तीन जना पक्राउ, मुद्दा दर्ता गरिँदै

    अनलाइन नेपाल
  • बिहिबार, २२ जेष्ठ २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    रुकुम । रुकुम पश्चिममा वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा मुसिकोट–१३ का वडाध्यक्ष दीपक केसीलाई पक्राउ गरेको हो ।
    त्यस्तै पक्राउ पर्नेमा राजन केसी र खिलराज गिरी रहेको प्रहरीले जनाएको छ ।

    मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले उनीहरूलाइ नियन्त्रणमा लिएकाे हाे। प्रहरीले फरार वडाध्यक्ष र दुई युवालाई मुसिकोट १३ को टोड्के भन्ने ठाउँबाट पक्राउ गरेको जनाएको छ ।



    पक्राउ तीनै जनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिए । मंगलबार राति वडाध्यक्ष केसी नेतृत्वको टोलीले प्रहरी चौकीमा तोडफोड गरी क्षति पुर्‍याएको थियो । त्यसपछि वडाध्यक्ष केसीसहित दुवै युवा फरार थिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार