Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • एमाले अध्यक्ष ओलीले भने – केही ठाउँमा भोट माग्न सीमापारि जानुपर्ने अवस्था छ

    एमाले अध्यक्ष ओलीले भने – केही ठाउँमा भोट माग्न सीमापारि जानुपर्ने अवस्था छ

    अनलाइन नेपाल
  • बुधबार, २६ असोज २०७९
  • 804
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नागरिकता वितरणका क्रममा पटक पटक कमजोरी भएको बताएका छन् ।

    बुधवार गैरआवासीय नेपाली सङ्घको २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    उनले भने, ‘पटक पटक नेपालीलाई नागरिकता दिने नाउँमा अन्यथा भएका छन् । यथार्थ के हो भने अहिले पनि केही केही ठाउँमा सीमापारीको गाउँमा भोट माग्न जानुपर्ने अवस्था छ । किन भने भोटर उता छन् ।’



    उनले नागरिकता वितरणमा सजग नहुँदा विदेशीले पनि नागरिकता पाएको बताए । ओलीले छिमेकीसँग लामो खुला सीमाना रहेकाले नेपाल जनसांखिक रुपमा (डेमोग्राफिक) रुपमा सजग हुनुपर्ने बताए ।

    अहिले गैर नेपालीलाई नागरिकता दिन पाइएन भनेर मुलुकमा रुवाबासी चलिरहेको पनि ओलीले बताए ।

    उनले नागरिकता वितरणमार्फत हुन सक्ने जनसांखिक परिवर्तनबाट नेपालीहरु अल्पमतमा पर्ने अवस्था आउन सक्ने खतरा औंल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार