Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • बागी उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेस केन्द्रीय सदस्य कोइराला निष्कासित

    बागी उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेस केन्द्रीय सदस्य कोइराला निष्कासित

    अनलाइन नेपाल
  • बुधबार, २६ असोज २०७९
  • 801
    SHARES

    चितवन  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला पार्टीबाट निष्कासित भएका छन् । बुधबार दिउँसो १ बजेसम्म चितवन ३ बाट बागी उम्मेदवारी फिर्ता नलिएपछि उनी कांग्रेसबाट स्वतः निष्कासित भएका हुन् ।

    चितवन ३ बाट प्रतिनिधिसभातर्फ कोइरालाले पार्टी निर्णयविपरीत बागी उम्मेदवारी दिएका थिए । सत्ता गठबन्धनबीच चितवन ३ माओवादीको भागमा परेको थियो ।



    चितवन –३ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् ।



    कांग्रेसले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर तोकिएको समय सीमाभित्र आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी फिर्ता नलिए ‘बागी’ उम्मेदवारसँगै प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी दिएको थियो।

    कोइराला पार्टीको १४ औं महाधिवेशनमा शेखर कोइराला समूहबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार