Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सर्लाही-२ मा महेन्द्र राय यादव सत्ता गठबन्धनको साझा उम्मेदवार

    सर्लाही-२ मा महेन्द्र राय यादव सत्ता गठबन्धनको साझा उम्मेदवार

    अनलाइन नेपाल
  • बुधबार, २६ असोज २०७९
  • 801
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा महेन्द्र राय यादव आधिकारिक उम्मेदवार भएको प्रष्ट पारेको छ ।

    सत्ता गठबन्धनका शीर्ष नेताहरूले बुधवार विज्ञप्ति जारी गर्दै सर्लाही २ मा यादव आधिकारिक उम्मेदवार भएको प्रष्ट पारेको हो ।



    सत्ता गठबन्धनसँग चुनावी तालमेलमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट राजेन्द्र महतो उम्मेदवार छन् । महतो र यादव मध्ये सत्ता गठबन्धनको साझा उम्मेदवारबारे अन्योल भएपछि चार दलले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।



    यस्तै सर्लाही २ को प्रदेशसभा १ मा सुनिल साह र २ मा कौशलकिशोर राय यादव भएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै सोही निर्वाचन क्षेत्रको प्रदेश सभातर्फ २(१)मा सुनिल साह र प्रदेश सभा २(२) मा कौशल किशोर राय यादव उम्मेदवार भएको विज्ञप्ति उल्लेख छ ।

    विज्ञप्तिमा शीर्ष नेतृत्वको आग्रहलाई पालना गर्दै बागी उम्मेदवारी दिएर नाम फिर्ता लिएकालाई धन्यवाद दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार