Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कोरोना अपडेट: विश्वभर ३ लाख ८७ हजारको मृत्यु, ६५ लाख ६७ हजार संक्रमित

    कोरोना अपडेट: विश्वभर ३ लाख ८७ हजारको मृत्यु, ६५ लाख ६७ हजार संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, २२ जेष्ठ २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको महामारीले विश्वभर यस्तै एकैदिन अरू ४ हजार ४२८ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ८७ हजार ८९९ पुगेको छ ।

    कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा बिहिबार बिहानसम्म १ लाख ७६ हजार ४४६ जनाको मृत्यु भएको छ ।



    २० लाख २८ हजार २४१ जना संक्रमित भएकोमा १० लाख २७ हजार ८५४ जना संक्रमणमुक्त भएका छन् ।



    उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २९ हजार ९२९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २१ लाख ५१ हजार ४६८ पुगेको छ । त्यसमध्ये ८ लाख ४० हजार ६१९ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै एसियाली मुलुकहरुमा ३२ हजार ४६५ जनाको मृत्यु भएको छ । १२ लाख २६ हजार ६३१ जना संक्रमित भएकोमा ७ लाख ४८ हजार ५१३ जना संक्रमणमुक्त भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरुमा ४४ हजार २९३ जनाको मृत्यु भएको छ । ९ लाख ८६ हजार १७३ जना संक्रमित भएकोमा ४ लाख ६६ हजार १४ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरुमा ४ हजार ६२७ जनाको ज्यान गएको छ भने १ लाख ६४ हजार ९८५ जना संक्रमित छन् । संक्रमितमध्ये ७२ हजार ३८० जना संक्रमणमुक्त भएका छन् ।

    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८३९ जना संक्रमित भएकोमा ८ हजार २२२ जना संक्रमणमुक्त भएका छन् ।

    कोरोना भाइरसको महामारीले विश्वभर ६५ लाख ६७ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६५ लाख ६७ हजार ५८ जना संक्रमित भएका छन्।

    पछिल्लो २४ घण्टामा १ लाख १३ हजार ३३३ जना नयाँ संक्रमित थपिएका छन् । ३० लाख १४ हजार ९०६ जनाको उपचार भइरहेकोमा ५४ हजार २०१ जनाको अवस्था गम्भीर छ भने ३१ लाख ६४ हजार २५३ जना संक्रमणमुक्त भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार