काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चले अधिकारीलाई निगमको अध्यक्षमा कामकाज गर्न यसअघि एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
सरकारले गत असार ६ गते अधिकारीलाई निलम्बन गरेलगत्तै अधिकारी सर्वोच्च पुगेर अल्पकालीन आदेश लिएका थिए ।
मंगलबार न्यायाधीश आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
Leave a Reply