काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरनागरिकतासम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
गैरआवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
उनले नेपालीहरुलाई नेपालमै लगानी गर्ने वातावरण सरकारले मिलाउने आश्वासनसमेत दिए ।
उनले भने, ‘तपाईंहरुले उठाउँदै आइराख्नुभएको नागरिकतासम्बन्धी सवाललाई पनि निकट भविष्यमा गैरनागरिकतासम्बन्धी ऐनमा संशोधन गराउँछु ।’
संसारमा फैलिएर रहेका प्रवासी नेपालीहरुलाई आफूसँग भएको सीप र पूँजी नेपालको विकासमा लगाउन प्रधानमन्त्री देउवाले आह्वान गरे । नेपालाई समृद्ध बनाउन सबै एकजुट हुनुपर्नेमा उनको जोड थियो ।
Leave a Reply