Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • हुम्लामा गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु

    हुम्लामा गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २५ असोज २०७९
  • 720
    SHARES

    फाइल तस्विर

    हुम्ला । हुम्लामा गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ ।

    खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट मृत्यु भएको हो ।



    छत्यालको उद्धार हुन नसक्दा मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जनाएको छ ।



    उद्धारका लागि सोमबार सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण कालिकोटस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो ।

    मौसमका सुधार नआएपछि हेलिकोप्टर पुनस् सुर्खेतमै फिर्ता भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार