Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • ‘बागी’ उठेकालाई प्रदेश १ माओवादीको निर्देशन – उम्मेदवारी फिर्ता लिनू

    ‘बागी’ उठेकालाई प्रदेश १ माओवादीको निर्देशन – उम्मेदवारी फिर्ता लिनू

    अनलाइन नेपाल
  • आइतबार, २३ असोज २०७९
  • 966
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश १ मा बागी उम्मेदवारी दिने नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

    माओवादी केन्द्र प्रदेश नम्बर १ कमिटीले पार्टी र गठबन्धनका विरुद्ध कसैले स्वतन्त्र उम्मेदवारी दिएको छ भने समयमै फिर्ता लिन निर्देशन दिएको हो ।



    प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङले आइतबार जारी गरेको विज्ञप्तिमा विपक्षी उम्मेदवारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुग्ने गतिविधिमा संलग्न भएको पाइए अनुशासनको कारबाही हुने पनि स्पष्ट गरिएको छ । उनले पार्टी निर्णयविरुद्ध कदम नचाल्न पनि अनुरोध गरेका छन् ।



    ‘पार्टी र गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएको छ भने समयमै उक्त उम्मेदवारी फिर्ता गर्न र पार्टी निर्णयविरुद्ध कदम नचाल्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै गठबन्धनका विपक्षी उम्मेदवारहरूलाई प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग पुग्ने गतिविधिमा पनि संलग्न भएमा पार्टीले अनुशासनको कारबाही गर्ने व्यहोरा जानकारी गराउँदछौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार