Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सरकारको अर्को नाटक : कर बुझाउने म्याद असार ७ सम्म

    सरकारको अर्को नाटक : कर बुझाउने म्याद असार ७ सम्म

    अनलाइन नेपाल
  • बुधबार, २१ जेष्ठ २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । चौतर्फी रुपमा विरोध भएपछि आन्तरिक राजश्व विभागले कर बुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ ।

    विभागले यसअघि मंगलबार लकडाउन भइरहेका बेला जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो ।



    विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।



    सरकारले जेठ मसान्तसम्म लकडाउन गर्ने निर्णय गरिसकेको छ । यदि असार १ गतेबाट लकडाउन खुल्यो भने पनि ७ दिन भित्र करदाताहरुले कसरी कर दाखिला गर्न सक्छन् ?

    गाउँसम्म पुगेका करदाताहरु यदि काठमाडौं भित्रन पाएनन् भने के उनीहरुलाई जरिवाना लगाउने ?

    असार १ गतेबाट लकडाउन खुल्ने अझै निश्चित नभएको अवस्थामा विभागले फेरि पनि म्याद थपको नाटक गरेर विज्ञप्ति निकाल्नु आफैमा गैरजिम्मेवारपूर्ण कार्य हो भन्दा फरक नपर्ला ।

    विभागले बुधबार निकालेको कर तिर्ने म्याद थपसम्बन्धी सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार