Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • लकडाउनमा कर आतंक नमच्चाऊ : देउवा

    लकडाउनमा कर आतंक नमच्चाऊ : देउवा

    अनलाइन नेपाल
  • बुधबार, २१ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले गरेको निर्णयको विरोध गर्नुको विकल्प नभएको बताएका छन् ।

    सभापति देउवाले एक विज्ञप्ति जारी गरी भनेका छन्–‘लकडाउन भइरहेकै बेला ५ दिनभित्र जेठ २५ गतेसम्म कर तिर्नुपर्ने सरकारको ताकेतामा भद्र अवज्ञाको विकल्प छैन ।’



    सरकार नागरिकप्रति अनुदार रहेको देउवाको भनाइ छ।



    देउवाले कर तिर्ने समयावधि थप गर्न सरकारलाई आग्रह गरेका छन्।

    विज्ञप्तिमा भनिएको छ–‘ताकेता फिर्ता लेउ, समयावधि थप गर सरकार।’

    नले भनेका छन्–‘यो ताकेता स्थिति मूल्याङ्कन साथ संवाद मार्फत समयावधि थप गर्न सरकार समक्ष माग गर्दछु ।’

    देउवाद्वारा जारी विज्ञप्ति 

    जेठ २१, २०७७

    जेठ २५ भित्र विभिन्न कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञाको विकल्प छैन ।
    ताकेता फिर्ता लेउ, समयावधि थप गर सरकार ।

    साना—ठुला ब्यवसायीले लक डाउनका कारण भोगिरहेका चुनौतीलाई नजरअन्दाज गरेर आन्तरिक राजस्व विभाग मार्फत नेपाल सरकारले जेठ २५ भित्र विभिन्न कर चुक्ता गर्न गरेको ताकेताप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ । ब्यवसायिहरुले भोग्नु परेको ब्यवसायिक जटिलतालाई सहजीकरण गर्न आवश्यक नीति निर्माण गर्ने र राहतको विविध योजना ल्याउने दायित्व सरकारको थियोे । प्रतिपक्षको पटकपटकको आग्रहका बावजुद राहतको न्यायोचित प्रबन्ध गर्न सरकार विलकुल गम्भीर भएन । तर लक डाउन भएको अढाई महिना पुग्न लागेको र हाल जेठ ३२ सम्म कायमै रहेको स्थितिका विच कर तिर्न ताकेता गर्नु भनेको सरकारले बजारको स्थिति बुझेरपनि बुझपचाउनु र नागरिकको पिडाप्रति असंवेदनशील बन्नु हो ।

    नागरिकले तिर्ने करले नै मुलुक चल्ने हो, तर करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सहजीकरण गर्ने कर्तव्य र जिम्मेवारी सरकारको हो । सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नु भन्दा अर्को विकल्प नागरिकको रहंदैन ।

    कोरोनाका कारण नागरिकको जीवन र मुलुकको अर्थतन्त्रले चुनौती भोग्नुपरेका बेला अनावश्यक खर्च घटाउन मितब्ययिताका लागि गर्नुपर्ने एवं गर्न सकिने निर्णय र कार्यमा सरकार गम्भीर भएन । व्यापक पीसिआर परिक्षण गरेर साना—ठुला ब्यवसाय क्रमशः संचालन गर्ने दिशामा आवश्यक पहलकदमी र ठोस कार्ययोजना सरकारसंग देखिएन । समग्र ब्यवसायिक क्षेत्रको चुनौतीलाई सहज बनाउन सरोकारवालाहरुसंग संवादका साथ सहजीकरण प्याकेज निर्माण गर्न तर्फ पनि सरकारको ध्यान गएन । तर लक डाउन जारी रहेकै बेला केवल कर तिर्न ताकेता गर्नुले सरकार गम्भीर र जिम्मेवार होइन दायित्व र संवेदना विहिन रहेको पुष्टि भएको छ ।

    सरकारलाई समयको गम्भीरताप्रति गम्भीर बन्न माग गर्दै, लक डाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्याकंन गरेर कार्य गर्न म अपिल गर्दछु । जेठ २५ भित्र कर तिर्न निर्धारित समयावधिको ताकेता तत्काल फिर्ता गरेर स्थिति मूल्यांकन साथ संवाद मार्फत समयावधि थप गर्न सरकार समक्ष माग गर्दछु ।

    जय नेपाल १

    शेरबहादुर देउवा
    सभापति
    नेपाली कांग्रेस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार