Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउनको मोडालिटी परिवर्तन गर्न विज्ञहरुसँग छलफल गर्दै प्रधानमन्त्री

    लकडाउनको मोडालिटी परिवर्तन गर्न विज्ञहरुसँग छलफल गर्दै प्रधानमन्त्री

    अनलाइन नेपाल
  • बुधबार, २१ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने गृहकार्य गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पनि परमर्श थालेका छन् ।

    प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटी परिवर्तन गरेर कम जोखिमका ठाउँहरुमा व्यापार, व्यवसाय खुलाउने बारे छलफल गर्न आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञहरुलाई डाकेका छन् ।



    छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञ, अर्थविद, योजनाविद, नर्सिङ र जनस्वास्थ्य विज्ञलाई बोलाइएको बताइएको छ ।



    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार कोभिड १९ रोकथाम, नियन्त्रणका उपायका बारेमा छलफल गर्न र लकडाउनको बारेमा सरकारलाई निर्णयका लागि सुझाव दिन विज्ञहरुलाई बोलाइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार