Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • यी हुन् प्रदेश र प्रतिनिधिसभा चुनाव लड्ने जसपाका उम्मेदवार [नामावलीसहित]

    यी हुन् प्रदेश र प्रतिनिधिसभा चुनाव लड्ने जसपाका उम्मेदवार [नामावलीसहित]

    अनलाइन नेपाल
  • शनिबार, २२ असोज २०७९
  • 858
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाएको छ ।

    नेकपा (एमाले) सँग तालमेल गरेको जसपाले आज पार्टीकातर्फबाट उम्मेदवारको टुङ्गो लगाएको हो । जसपाका प्रवक्ता मनिष कर्णका अनुसार तराईका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरी निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बन्ने भएका छन् ।



    पूर्वमन्त्री रेणु यादवको नाम मधेस प्रदेशसभाको उम्मेदवारका लागि सिफारिस गरिएको छ । उनी सिरहा–३ ख बाट प्रदेशसभा उम्मेदवार हुनेछिन् । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि प्रदेशमै दोहोरिएका छन् ।



    त्यस्तै सङ्घीय मन्त्रीद्वय प्रदीप यादव पर्सा १ र मोहम्मद इस्तियाक राई बाँके २ बाट उम्मेदवार बन्नेछन् ।

    जसपाले टुङ्गो लगाएका उम्मेदवारको सूचीः

    सुनसरी १ – अशोक राई
    सप्तरी ३ (ख) – विदेश्वर यादव
    सिरहा १ (ख) – राजकुमार गुप्ता
    सिरहा २ – राजकिशोर यादव
    सिरहा २ (ख) – विजय यादव
    सिरहा ३ (ख) – रेणु यादव
    सिरहा ४ – डा वीरेन्द्र महतो
    सिरहा ४ (ख) – सुरेश मण्डल
    धनुषा १ – दीपक कार्की
    धनुषा १ (क) – सुकेश्वर यादव
    धनुषा २ (क) – शैलेन्द्र यादव
    धनुषा २ (ख) – रामअशिष यादव
    घनुषा ३ (क) – जीतेन्द्र यादव
    घनुषा ४ (क) – ज्ञानेन्द्र यादव
    महोत्तरी १ (ख) – राम श्रेष्ठ महतो
    महोत्तरी २ (क) – धर्मेन्द्र साह
    महोत्तरी ३ – हरिनारायण यादव
    महोत्तरी ३ (क) – दीपेन्द्र झा
    महोत्तरी ४ – डा सुरेन्द्र यादव
    महोत्तरी ४ (ख) – सरोजकुमार सिंह
    सर्लाही १ – प्रमोद साह
    सर्लाही १ (क) –––
    सर्लाही २ (ख) – अशोक यादव
    सर्लाही ३ (ख) – सञ्जय यादव
    सर्लाही ४ – राकेश मिश्रा
    सर्लाही ४ (ख) – उदयकान्त मिश्र
    रौतहट १ (ख) – योगेन्द्र यादव
    रौतहट २ (ख)–––
    सर्लाही ३ (क) – रामाश्रय चौघरी
    सर्लाही ४ (ख) – शेष अबुल कलाम
    बारा १ (ख) – सरोजकुमार यादव
    बारा २ – रामसहाय प्रसाद यादव
    बारा २ (ख) – बच्चा राउत अहिर
    बारा ३ – रामबाबुकुमार यादव
    बारा ३ (क) – भरत खड्गा
    बारा ३ (ख)– पारसप्रसाद साह
    बारा ४ (ख) – आत्माराम साह
    पर्सा १ – प्रदीप यादव
    पर्सा १ (ख)– लालबाबु राउत
    पर्सा २ – सुरेन्द्र कुर्मी
    पर्सा २ (क) – रामनरेश यादव
    पर्सा ३ (ख) – डा मघु गुप्ता
    पर्सा ४ (ख) – सिंहासन साह कलवार
    बांके २– मो इस्तियाक राई

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार