Online Nepal
  • बिहिबार, २२ कार्तिक २०८१
  • मतदानका दिन मापदण्ड अनुसार सवारी साधन चल्न दिइने

    मतदानका दिन मापदण्ड अनुसार सवारी साधन चल्न दिइने

    अनलाइन नेपाल
  • शनिबार, २२ असोज २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । मतदानका दिन सवारी साधन चल्न दिइने भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतदानको दिन सवारी सञ्चालन गर्न दिने तयारी भएको हो ।

    निर्वाचन आयोगले यो वर्षदेखि मतदानका दिन सवारी चलाउन दिन लागेको निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् ।



    शनिबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त थपलियाले मतदानका दिन सवारी साधन नचल्दा ज्येष्ठ नागरिक लगायतका मतदातालाई मतदान स्थलसम्म पुग्न असुविधा भएकोले मापदण्ड अनुसार सवारी चल्न दिइने बताए ।



    उनले यसका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी लगायतको कार्यदल बनाएको र सो कार्यदलले दिएको सुझावका आधारमा मतदानका दिन मापदण्डअनुसार सवारी चलाउन दिइने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार