Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • जघन्य घटनाका अपराधीहरुको बारेमा सरकारले कुनै सम्झौता गर्दैन: प्रधानमन्त्री ओली

    जघन्य घटनाका अपराधीहरुको बारेमा सरकारले कुनै सम्झौता गर्दैन: प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • बुधबार, २१ जेष्ठ २०७७
  • 3K
    SHARES

    काठमाडौं ।  प्रधानमन्‍त्री केपी शर्मा ओलीले छुवाछुत सम्बन्धी जघन्य घटनाका अपराधीहरुको बारेमा सरकारले कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन्।

    छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्‍त्री ओलीले जातीय छुवाछुत विभेद वा छुवाछुतको पीडामा परेको निश्चित समुदायको मात्र नभई हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको समस्या भएको उल्लेख गरे ।



    मानव सभ्यताको कलंकका रुपमा रहेको अमानवीय प्रथालाई  कानुनी रुपमा अन्त्य गरेको प्रधानमन्‍त्री ओलीले उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले सामाजिक रुपमा समूल अन्त्य गर्नका लागि आ-आफ्नो स्थानबाट सक्रिय रहन आह्वान गरेका छन्। उनले जातीय आधारमा हुने सबै प्रकारका विभेद, कुरीति, अन्धविश्वास अपराध, बहिष्करण, बञ्चितिकरण र हिंसालाई राज्यले कानुनी रुपमा अन्त्य गर्दै यसलाई निषेध गरेको स्पष्ट पारेका छन्।



    ‘हाम्रै देशमा पनि सति प्रथाको अन्त्य, दास ब्यवस्थाको अन्त्य, छुवाछुतको अन्त्यको घोषणाजस्ता सुधारका कुराहरु २००७ सालको आन्दोलन अघि र पछि पनि हुँदै आए।’ ओलीले सन्देशमा भनेका छन्, ‘आज नेपालको संविधानले देश र दुनियाँका यी सबै अनुभव र उपलब्धिहरुलाई समेटेर सबै प्रकारका भेदभाव, अन्याय, अत्याचार, शोषण र दमनको अन्त्य र सामाजिक न्याय र समानताको प्रत्याभूत गरेको छ। र, समाजवाद उन्मूख लोकतान्त्रिक गणतन्त्रको प्रत्याभूत गरेको छ।’

    ‘युगौं अघिदेखिको कुप्रथाबाट प्रभावित सामाजिक सोचमा रहेको असंवेदनशीलता र गरिवीका कारण हाम्रा दिदीबहिनी दाजुभाइहरु अहिले पनि कथित दलितको हीन पहिचान ब्यहोर्दै छुवाछुतमा आधारित जघन्य अपराधको शिकार हुनु परेका घटना हामी देख्दै आएका छौं। नेपाल सरकारले सामाजिक बहिष्करण, छुवाछुत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ।’प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार