काठमाडौं । चितवन ३ छाडेर गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध माधवी भट्ट पराजुलीले उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।
नेपाली कांग्रेसले उनलाई काठमाडौं-२ बाट सिफारिस गरेको थियो । तर भागबण्डाको क्रममा काठमाडौं-२ माओवादीको भागमा परेपछि माधवीले गृहजिल्ला गोरखा फर्केर अध्यक्ष प्रचण्डविरुद्ध गोरखा २ बाट चुनाव लड्ने घोषणा गरेकी हुन् ।
उनले सामाजिक सञ्जाल फेसबूकमा उम्मेदवारीबारे जानकारी दिँदै भनेकी छिन्, ‘प्रचण्डविरुद्ध मेरो उम्मेदवारी११ गोर्खाले मलाइ न्याय गर्नेछ।’
साथै उनले जिल्लाको विकास निर्माण र द्वन्द्वकालीन अपराधका विषयलाई आफ्नो चुनावी मुद्दा बनाउने बताइएकी छन्।
उनले गोरखा २ आफ्नो जन्मस्थान मात्र नभइ नेपाली कांग्रेस पार्टी निर्माणमा आफ्नो पिता रोहिणी भट्टको त्याग, तपस्या र बलिदानी रहेको बताएकी छन् ।
Leave a Reply