Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • भिआईपी जुवाडेहरु प्रहरी हिरासतमै,अर्थमन्त्री- जुवाडे कनेक्सन

    भिआईपी जुवाडेहरु प्रहरी हिरासतमै,अर्थमन्त्री- जुवाडे कनेक्सन

    अनलाइन नेपाल
  • बुधबार, २१ जेष्ठ २०७७
  • 5K
    SHARES

    काठमाडौं । प्रहरीले लकडाउनका समयमा जुवाखालबाट  रङ्गेहात पक्राउ परेका ९ जना ठूला जुवाडे व्यापारीलाई हिरासतमै राखेको जनाएको छ। हाजिर जमानीमा छोडेको भन्ने कुरा गलत रहेको र उहाँहरु यही रहनुभएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रन्जन दाहालले अनलाइन नेपालसँग वताए।

    महानगरीय प्रहरी वृत्त दरबारमार्गले सोमबार राति कमलादीस्थित गणगौर रिजेन्सी बुटिक होटलमा जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी व्यापारीहरू रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, बिमल खेतान, विमल आहुजा, पुरुषोत्तम अग्रवाल, गोविन्द अग्रवाल, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा तथा होटल सञ्चालक भारतीय नागरिक निक्की जोगाईलाई पक्राउ गरेको थियो  ।



    प्रहरीले जुवाको खालबाट २ लाख ७७ हजार रुपियाँ नगद साथै १ हजार, ५ सय, १ सय र ५० दरका १ सय ७९ थान क्वाइन पनि बरामद गरेको थियो।



    पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले मुलुकी अपराधसंहिताको जुवासम्बन्धी कसूरमा अनुसन्धानका लागि पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    कोरोनाको संक्रमण हुन सक्ने कारण देखाएर उनीहरुलाई राति आफ्नो घरमा सुत्न पठाउने र दिउँसो प्रहरी कार्यालयमा हाजिर हुन आउने भनेर प्रहरीले राजनीतिक दबाबमा छाड्ने तयारी गरेको थियो । तर ,बिरोध भएपछि प्रहरी पछि हटेको छ।

    पक्राउ परेका व्यापारीहरू  बैंक, बीमा कम्पनीलगायत उद्योग व्यवसायमा संलग्न रहेको हुँदा उनीहरुको राजनीतिक पहुँच मन्त्री, प्रधानमन्त्रीसम्म रहेकाले प्रहरीलाई छाड्न दबाब परेको थियो।

    जुवामा प्रयोग भएका क्वाइन र चिप्सको क्वाइनलाई ५० हजार वा लाखमा गणना गरिएको अनुसन्धानमा खुले पनि प्रहरीले थप कारवाही गर्न नचाहनुलाई शक्तिकेन्द्रको दबाबको रुपमा लिइएको छ।

    अर्थमन्त्री  डा. युवराज खतिवडाले जुवा खालबाट पक्राउ परेका अग्रवालसहितका जुवाडेहरूलाई छुटाउन दबाब दिएका थिए।

    अर्थमन्त्री- अग्रवाल कनेक्सन

    पक्राउ परेका अशोककुमार अग्रवाल लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल र विशाल ग्रुपका सञ्चालक समेत हुन् ।

    अग्रवाल एमजी मोटर्सको आधिकारीक विक्रेता पारामाउन्ट मोटर्स प्रा.लि.को समेत लगानीकर्ता हुन् । पारामाउन्ट मोटर्स विशाल ग्रुप अन्तर्गतको कम्पनी हो । जुन कम्पनीले नेपालमा एमजी कम्पनीका विद्युतीय गाडीहरु विक्री गर्दै आइरहेको छ ।

    अशोककुमार अग्रवाल तिनै व्यक्ति हुन्, जो आगामी आर्थिक वर्ष २०७७/०७८को बजेट भाषणमा विद्युतीय गाडीमा राजस्व बढाउन सफल भए ।

    अग्रवालले अर्थमन्त्री डा. युवराज खतिवडालाई आर्थिक प्रभावमा पारेर बजेट भाषणमा नै विद्युतीय गाडीमा राजस्व बढाउन सफल भए ।

    पहिलेदेखि नै भन्सार बढाउन चलखेल गरिरहेका अग्रवालले भन्सार बढ्ने निश्चित भएपछि बजेट भाषण अगाडि नै एमजीका १ सय २० वटा गाडी भन्सारबाट छुटाइएका थिए ।

    यसअघि सरकारले पटक–पटक नेपालमा विद्युतिय सवारीसाधनलाई प्रोत्साहन गर्ने भन्दै नीति बनाएको भए पनि यस पटक भने अग्रवालकै चलखेलका कारण विद्युतिय गाडीको भन्सार महसुल बढाइयो ।

    ठूला भनिएका व्यापारीको स्वार्थमा परेर अर्थमन्त्री डा. खतिवडालले चकलेटमा कर घटाएको र दूध, मल र विद्युतीय गाडीको भन्सार बढाएर भन्दै आलोचना समेत भइसकेको छ ।

    अर्थमन्त्री खतिवडा अहिले जुवा खालबाट पक्राउ परेका अग्रवालसहितका जुवाडेहरूलाई छुटाउन दबाब दिइरहेका छन् ।

    नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ, समुद्रपार निकासी पैठारी संघलगायतका निकायमा बसेर काम गरेका अग्रवालको राजनीतिक पहुँच पनि उत्तिकै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार