Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सत्ता गठबन्धनमा सिट बाँडफाँटको सहमति, यस्तो छ भागवण्डा (सूचीसहित)

    सत्ता गठबन्धनमा सिट बाँडफाँटको सहमति, यस्तो छ भागवण्डा (सूचीसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असोज २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनबीच निर्वाचन क्षेत्र तालमेलमा सहमति कायम भएको छ । जसपालाई दिन भनिएको क्षेत्रहरू खालि राख्दै चार दलले आ आफ्नो क्षेत्रमा सहमति गरेका हुन् ।

    भोलि गठबन्धनका शीर्ष नेताहरु बसेर छलफल गरेपछि सहमतीमा हस्ताक्षर हुने जनाइएको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच निर्वाचन क्षेत्रको विभाजन पनि टुंगिएको छ।



    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो ।



    बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ । लोसपाले प्रतिनिधिसभाका १५ स्थानमा दाबी गरेको छ ।

    स्रोतका अनुसार गठबन्धनको नवप्रवेशी दल लोसपालाई प्रतिनिधिसभा १० स्थान र प्रदेशसभामा १९ स्थान दिन कांग्रेस सकारात्मक छ ।

    हेर्नुस् सत्ता गठबन्धनका दलहरू बिचको भागबन्डा

    ?

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार