एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन शीतयुद्धपछि पहिलो पटक विश्वले आणविक ‘युद्ध’ को जोखिम मोल्ने खतरा रहेको चेतावनी दिएका छन् ।
युक्रेन द्वन्द्वमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कसरी युद्ध अन्त्य गर्न चाहन्छन् भन्ने पत्ता लगाउने प्रयास गरिरहेको समेत उनले बताए ।
बाइडेनले न्युयोर्कमा आयोजित डेमोक्र्याटिक पार्टीको आर्थिक सङ्कलन कार्यक्रममा भने,’सन् १९६२ मा केनेडी र क्युबाको क्षेप्यास्त्र सङ्कटपछि हामीले ‘आणविक युद्ध’को सम्भावनाको सामना गरेका छैनौं ।’
पुटिनले युक्रेनमाथि आक्रमण गर्न आणविक हतियार प्रयोग गर्ने धम्की दिँदा पुटिनले ‘ठट्टा’ नगरेको बाइडेनले बताए ।
Leave a Reply