Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • कांग्रेसको कारबाहीमा परेका पुष्करनाथ ओझाद्धारा स्वतन्त्र उम्मेदवारी घोषणा

    कांग्रेसको कारबाहीमा परेका पुष्करनाथ ओझाद्धारा स्वतन्त्र उम्मेदवारी घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असोज २०७९
  • 846
    SHARES

    धनगढी । नेपाली कांग्रेसको कारबाहीमा परेका पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

    अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट ओझाले स्वतन्त्र उम्मेदवारी दिने धनगढीमा पत्रकार सम्मेलन गरेर घोषणा गरेका हुन् ।



    शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘म यहाँको मानिसहरूको आत्मसम्मानको लागि चुनाव लड्न गइरहेको छु । उपयुक्त फोरम चुनाव हो । म संगठित स्वतन्त्रको पक्षमा छैन । म सर्वदलीय उम्मेदवार बन्न चाहन्छु ।’



    उनले आफू सबै दलको साझा उम्मेदवारका रुपमा अघि सर्ने बताएका छन् । २०७४ सालको प्रतिनिधिसभा चुनावमा पनि ओझा टिकटको आकांक्षी थिए ।

    तर पार्टी सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि ओझा रुष्ट थिए । आरजु नेकपा एमालेका नारदमुनी रानासँग पराजित भएकी थिइन् । उक्त चुनावमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले ओझालाई क्रियाशील सदस्य समेत नरहने गरी कारवाही गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार