Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, जसपा अनुपस्थित

    सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, जसपा अनुपस्थित

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असोज २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक सुरू भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) भने अनुपस्थित छ ।



    जसपा गठबन्धन छाडेर नेकपा एमालेतिर नजिकिएको छ । एमाले नेताहरुका अनुसार आजै अबेरसम्म सिट बाँडफाँट टुंग्याउने प्रयास जारी छ ।



    सिट बाँडफाँटको विषयमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठक बीचमै छाडेर जसपा अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट गएका थिए।

    यादवको अनुपस्थितिमा सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो । एमाले नेताहरू र जसपा नेताहरूको शुक्रबार बिहानसम्म बैठक भएको भए पनि औपचारिक सहमति हुन सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार