Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • आफूहरूलाई सम्मानजनक सिट दिनुपर्ने कोइराला समूहको निष्कर्ष

    आफूहरूलाई सम्मानजनक सिट दिनुपर्ने कोइराला समूहको निष्कर्ष

    अनलाइन नेपाल
  • बिहिबार, २० असोज २०७९
  • 897
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले संस्थापन पक्षले आफूहरुलाई सम्मानजनक सिट सिट दिनुपर्ने निष्कर्ष निकालेको छ ।

    शीर्ष नेताको उपस्थितिबिना बसेको बैठकले आफूहरूलाई प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फ पनि सम्मानजनक सिट दिनुपर्ने निष्कर्ष निकालेको हो ।



    आगामी ४ मंसिरका लागि हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने बताएको छ ।



    प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष एक्लौटी रूपमा टिकट वितरणको दिशातर्फ गए कांग्रेसले ठुलो सङ्कटको सामना गर्नुपर्ने बैठकमा सहभागी नेताहरूको भनाइ छ ।

    संस्थापन पक्ष गम्भीर बनेर पार्टीभित्र विद्रोह गर्न नदिने अवस्था सिर्जना गर्नुपर्ने उनीहरुले बताएका छन् । यसअघिको महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गरेकै कारण पार्टी नेतृत्वले आफूहरुमाथि भेदभाव गरेको उनीहरुको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार