काठमाडौं । नेपाली कांग्रेस भित्र सीट बाँडफाँटमा असन्तुष्ट रहेको शेखर-गगन समूहको भेला सुरु भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भेला सुरु भएको हो ।
भेलामा महामन्त्री गगन थापा र नेता शेखर कोइराला पक्षका नेताहरू जम्मा भएका छन् । भेलाले संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुनेछ ।
आगामी ४ मंसिरका लागि हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको विरोधमा कोइराला समूहले केन्द्रीय कार्यालय सानेपा घेर्ने देखी अलग भेला गर्दै आएका छन् ।
आफ्नो समूहबाट प्रत्यक्षतर्फ उमेदवार बन्न इच्छुक र सक्षम व्यक्तिको नाम संकलन गर्ने भेलाले उनीहरुको सूची संसदीय बोर्डमा रहेका सदस्यलाई बुझाउने विषयमा छलफल गर्ने बताइएको छ ।
सत्तारुढ गठबन्धनको सिट बाँडफाँटका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेका बेला कांग्रेसको असन्तुष्ट पक्षका नेता तथा कार्यकर्ताहरू भने बत्तीसपुलीमा भेला भएका हुन् ।
Leave a Reply