Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • मालपोतमा बसेर अकुत कमाउने ढकाल यसरी परे अख्तियारको फन्दामा, कति छ सम्पत्ति ?

    मालपोतमा बसेर अकुत कमाउने ढकाल यसरी परे अख्तियारको फन्दामा, कति छ सम्पत्ति ?

    अनलाइन नेपाल
  • मंगलबार, २० जेष्ठ २०७७
  • 6.6K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति प्रकरणमा अनुसन्धान अगाडि ललितपुर  मालपोत कार्यालयमा कार्यरत अधिकृत बद्रीराज ढकालको अस्वभाविक देखिएको छ।

    ढकालले १० करोडभन्दा बढी सम्पत्ति आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा देखिएको छ । मालपोत कार्यालयहरुमा कार्यरत रहँदै जग्गा दर्ता लगायतका गैरकानूनी कार्यहरुबाट अकूत सम्पत्ति आर्जन गरी अस्वभाविक रुपमा उच्च जीवनयापन गरिरहेको उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान गरिरहेको थियो ।



    ढकाल २०५४ माघ १४ मा अस्थायी शिक्षकमा सार्वजनिक सेवामा प्रवेश गरी मालपोत कार्यालय लमजुङबाट रा.प.अनं.द्वितीय श्रेणी खरिदारको पदमा २०५५ असोज १६ मा स्थायी नियुक्ति प्राप्त गरी निजामती सेवामा प्रवेश गरेका हुन् ।



    निजामती सेवामा ना.सु. हुँदै हाल शाखा अधिकृतको पदमा वढुवा भएका उनी मालपोत कार्यालयहरु तनहुँ, कास्की, डिल्लीबजार काठमाडौं, पर्सासमेतका मालपोत कार्यालयहरुमा कार्यरत रही हाल मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत रहेका छन् ।

    सार्वजनिक सेवामा प्रवेश पश्चात बद्रीराज ढकालले साली नाताकी व्यक्तिका नाममा सवारी साधन खरिद गरी प्रयोग गर्ने गरेको पाइएको छ । उनले आफू र आफ्नै परिवारका सदस्यहरुको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा संचालित बैंक खाताहरुमा खासै कारोवार नगरी नदेखाई आफूले गैरकानूनी रुपमा आर्जित स्रोत खुलाउन नसक्ने अवैध आर्थिक कारोवारलाई लुकाउने छिपाउने उद्देश्यले हाल अष्ट्रेलिया बसोबास गर्दै आएका जेठान नाताका नवराज अर्यालका नाममा जनता बैकमा नयाँ खाता खोले ।

    अर्यालको नाममा बैंक खाता खोलेकै दिन खाता संचालकबाट खाता संचालनको अनुमति लिई बद्रीराज ढकालले आफू अनुकूलका व्यक्तिहरु एवं आफूसमेतले विभिन्न व्यक्तिहरुका नामबाट खातामा पैसा जम्मा गरी गराई सो खातामा मौज्दात रकमहरुबाट आफूले खरिद गरेका जग्गाका जग्गाधनी तथा जग्गा विक्रेता एवं जग्गा कारोवारसँग सम्वन्धित व्यक्तिहरुलाई भुक्तानी तथा खर्च लगानी गर्ने कार्यमा उक्त खाताबाट आफू अनुकूल ४ करोड २६ लाख ९९ हजार २ सय ९४ रुपैयाँ विभिन्न शीर्षकहरुमा खर्च गरेको देखिन आएको अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

    यसैगरी ढकालले आफू तनहुँ जिल्लास्थित मालपोत कार्यालयमा कार्यरत रहँदा सोही जिल्लाबासी डेकबहादुर गुरुङलाई प्रभावमा पारी उनी र उनको श्रीमतीसमेतका नाममा दर्ता कायम रहेका जग्गाहरु कुनै किसिमको खरिद बिक्री कारोवार नै नगरी लिखतमा सरकारी न्यूनतम मूल्य उल्लेख गरी खरिद बिक्री कारोवार देखाएका थिए ।

    उक्त जग्गा आफ्नो नाममा ल्याई पुनः जग्गा फिर्ता गर्दा लिखतमा अत्याधिक मूल्य खुलाई उक्त जग्गाहरु डेकबहादुर गुरुङ र उनको श्रीमती र डेकबहादुर गुरुङका सहोदर दिदी र भिनाजु र बहिनीसमेतका नाममा बिक्री लिखतले स्वामित्व हस्तान्तरण गरी हुँदै नभएको खरिद बिक्री कारोवारमा १ लाख ९७ हजार रुपैयाँको लगानीमा लगानीको केही दिन र महिनाको अन्तरालमै १ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको देखाई बदनियत तवरले आयस्रोत बढाउने काम गरेकोसमेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।

    अनुसन्धानको क्रममा संकलित प्रमाणका कागजातहरु एवं सम्वन्धित व्यक्तिहरुले खुलाई दिएका व्यहोराहरु अनुसार ढकालले सार्वजनिक सेवामा प्रवेश मितिदेखि मिति २०७६ फागुन मसान्तसम्मको जाँचअवधिमा आफू र श्रीमती सिर्जना अर्याल ढकालको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदमा .४ करोड ५४ लाख १७ हजार २ सय ४४ रुपैयाँ, घर निर्माण र घरमा रहेको फर्निचर तथा फनिर्सिङ एवं इलेक्ट्रोनिक उपकरणहरु समेतमा १, करोड १ लाख ५३ हजार ८१ रुपैयाँ, पूँजीगत लाभ तथा आयकर ७ लाख ९० हजार १३० रुपैयाँ, विभिन्न बैंक तथा वित्तीय संस्थाका साधारण तथा संस्थापक शेयर खरिदमा.१ करोड ११ लाख ४६ हजार ७०१ रुपैयाँ, सन्ततिको अध्ययनमा रु.१ लाख ६० हजार, जीवन बीमा प्रिमियम शुल्कमा . ९ लाख २४ हजार ६४० रुपैयाँ, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएका कर्जा चुक्तामा ६४ लाख ६३ हजार ५११ रुपैयाँ, सवारी साधन खरिद तथा संचालनसमेतमा २८ लाख २२ हजार सय रुपैयाँ, सुन खरिदमा १७ हजार ३ सय रुपैयाँ, सरसापटी व्यवहारमा २० लाख रुपैयाँ, जेठान नाताका नवराज अर्यालको नाममा बैंकखाता खोली सो खाता संचालन गर्ने अनुमति लिई आफू एवं विभिन्न व्यक्तिहरुको नामबाट रकम जम्मा गरे गराएका स्रोत नखुलेको मौज्दात रकमहरुबाट ४ करोड २६ लाख ९९ हजार २९४ रुपैयाँ, विविध शीर्षक (अभिलेखमा देखिने शीर्षकका खर्चहरु बाहेक निजले खुलाइदिएका अन्य विविध खर्च) र साथमा रहेको नगद समेत रु २ करोड २४ लाख.२६ हजार ६८९ रुपैयाँ, विदेश भ्रमणमा. ९२ हजार ३ सय रुपैयाँ र बैंक खाताहरुमा अन्तिम मौज्दात रकम २ लाख ६८ हजार ९ सय ८ रुपैयाँसमेत गरी अनुसन्धानमा लिइएको जाँच अवधिमा सम्पत्ति सिर्जना तथा लगानी गर्नमा उनले १४ करोड ५३ लाख ८२ हजार ४९८ रुपैयाँ खर्च तथा लगानी गरेको देखिन्छ ।

    सोही जाँचअवधिमा ढकालको पारिश्रमिक तलव एवं विभिन्न अतिरिक्त भत्ता लगायतका वचत आय उनको श्रीमती सिर्जना अर्याल ढकालको पारीश्रमिक बचत आय उनको वैदेशिक वचत आय रु. कर्मचारी संचयकोष तथा बैंकबाट लिएका कर्जा, घर र जग्गा बिक्री, शेयर बिक्री, सवारी साधन बिक्री कृषि आय जम्मा ४ करोड २६ लाख २४ हजार सैंतीस रुपैयाँ आयआर्जन गरेको देखिएको छ ।

    यस बाहेकको ढकालको १० करोड २७ लाख ५८ हजार ४६१ गैरकानुनी सम्पत्ति देखिएको छ । यही आयभन्दा बढी देखिएको सम्पत्तिलाई बिगो कायम गरी अख्तियारले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ बमोजिम र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय माग गरी ढकाल र उनकी श्रीमती सृजना अर्यालबिरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार