काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरु प्रतिनिधि र प्रदेशसभा सिट बाँडफाँटलाई अन्तिम रुप दिन बसेको आजको बैठक पनि विना निष्कर्ष टुंगिएको छ । सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न बालुवाटारमा बसेको शीर्ष नेताको बैठक बिना कुनै सहमति टुंगिएको हो ।
दसैंको दिनमा पनि प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको छलफलमा जुटेका थिए । आज नेपाली कांग्रेसले मुख्यतः एकीकृत समाजवादी र जसपासँग दुई पक्षीय छलफल गरेको थियो ।
कार्यदलको प्रस्तावमाथि एकीकृत समाजवादी र जसपाको विमति रहेकाले सहमतिका लागि कांग्रेसले दुई पक्षीय छलफल गरेको हो ।
कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाको तयार पारेको प्रतिवेदनमा कांग्रेसले ८७ र माओवादी केन्द्रले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने उल्लेख छ ।
तर यसमा एकीकृत समाजवादी र जसपाको विमति देखिन्छ । सहमति नजुटेपछि भोलि (विहीबार) बिहान ९ बजे फेरि बस्ने गरी बैठक सकिएको छ ।
Leave a Reply