Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सिट बाँडफाँटलाई अन्तिम रुप दिन बालुवाटारमा गठबन्धन बैठक जारी

    सिट बाँडफाँटलाई अन्तिम रुप दिन बालुवाटारमा गठबन्धन बैठक जारी

    अनलाइन नेपाल
  • बुधबार, १९ असोज २०७९
  • 738
    SHARES

    काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरु प्रतिनिधि र प्रदेशसभा सिट बाँडफाँटलाई अन्तिम रुप दिन छलफलमा जुटेका छन्।

    दसैंको दिनमा पनि प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको छलफलमा जुटेका हुन् ।



    साउन २० गतेबाट नियमित जसो छलफल हुँदा पनि गठबन्धनमा आवद्ध दलहरुबीच केही सिटमा सहमति जुट्न सकेको छैन ।



    कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाको तयार पारेको प्रतिवेदनमा कांग्रेसले ८७ र माओवादी केन्द्रले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने उल्लेख छ ।

    तर यसमा दलहरुबीच केही सिटमा सहमति जुट्न सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार