Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • हात र नाक भाँचिएको अवस्थामा सोती घटनामा बेपत्ता शाहीको शव १० दिनपछि भेटियो

    हात र नाक भाँचिएको अवस्थामा सोती घटनामा बेपत्ता शाहीको शव १० दिनपछि भेटियो

    अनलाइन नेपाल
  • मंगलबार, २० जेष्ठ २०७७
  • 4.8K
    SHARES

    नवराज विक

    काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती गाउँमा जेठ १० गते शनिबार भएको घटनामा बेपत्ता भएका भेरी नगरपालिका–११ मटेलाका १९ वर्षीय गोविन्द शाहीको शव फेला परेको छ ।

    उनको शव फेला परेसँगै मृतकको संख्या ६ पुगेको छ । उनको शव आज घटनास्थलभन्दा करिब २० किलोमिटर टाढा भेरी नगरपालिका–१२, खोताखोलास्थित भेरी नदीमा फेला परेको हो ।



    जाजारकोटका जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले शाहीको शव पोस्टमार्टमका लागि जाजरकोट अस्पताल लगिएको जानकारी गराएका छन् ।



    मुख र टाउकोमा कपडाले बाँधेको, आँखा फुटेको तथा हात र नाक भाँचिएको अवस्थामा शव फेला परेको बताइए पनि त्यसको पुष्टि भने हुन सकेको छैन ।

    जाजरकोटबाट नवराज विककी प्रेमिका लिन रुकुम पश्चिमको चौरजहारी पुगेका उनीसहित १९ जना सोतीगाउँका स्थानीयको आक्रमणमा परेका थिए ।

    घटनामा यसअघि ५ जनाको मृत्यु भइसकेको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले ८ नम्बर वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार